
काठमाडौँ । राष्ट्रियसभा सदस्यमा डा अन्जान शाक्य मनोनीत हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनीत गर्नुभएको हो । शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले शाक्यलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्नुभएको शीतल निवासले जनाएको छ ।
गएका्े चैत ३ण् गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाका ५९ सदस्य मध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
शाक्यलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रुचि र योजना अनुसार राष्ट्रियसभा सदस्य बनाइएको हो । ओलीले शाक्यलाई यसअघि इजरायलका लागि राजदूत समेत बनाइसक्नुभएको छ । शाक्य एमाले विदेश विभाग सदस्य समेत हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा