
धनुषा । प्रहरीले जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति जलाइएको २३ वर्षीय युवतीको प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेका थिए । जलाइएको शव महोत्तरीको मनरासिसा नगरपालिका वडा नम्बर २ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डिएसपी अवले जानकारी दिनुभएको छ । डिएसपी अवाका अनुसार युवतीको शव शंकास्पद अवस्थामा जलायएको पाइएपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । महतोको हत्या गरेर शव जलाएको हुन सक्ने प्रहरीको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा