
कैलाली । जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ ।
पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताउनुभयो । पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ ।
गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकरात्मक भई बालबालिकालाई विद्यालयको पहँुचमा पु¥याउन आवश्यक रहेको अभिभावक बताउँछन् । अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताउनुभयो । “निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो, “अब कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यममा पढाउनुपर्छ । यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा