
काठमाडौँ । सरकारले कर नतिर्ने चार सहकारी संस्थालाई बक्यौता कर चुक्ता गर्न ताकेता गरेको छ । मध्यमस्तरीय करदाता कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला नगरेका विभिन्न चार सहकारी संस्थालाई कर तिर्न ताकेता गरेको हो ।
यसरी कर नतिर्ने सहकारीहरुमा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था , शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था तथा क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटीभ लिमिटेड रहेको करदाता कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बक्यौता फरफारक नभए आयकर बक्यौताका हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा भ्याट बक्यौताका हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित प्रक्रिया अपनाइ कानुनी कारबाहिबाट असुल गरिने कार्यालयले जनाइएको छ ।
कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क, एसएमएस, ईमेल तथा पत्राचार गरी जानकारी गराइएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा