
काठमाडौँ । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग विगतमा गरिएका सहमति तथा प्रतिवद्धता कार्यान्वयन हुनुपर्ने अडान लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांगे्रससँगको गठन्धन भत्काएर एमालेसँग समीकरण कायम गर्दा यसलाई टिकाउन एकीकृत समाजवादीको निर्णयक भूमिका रह्यो । प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीले साथ दिएकै कारण अहिलेको गठबन्धन अडिएको हो । एमालेका अध्यक्ष के पी शर्मा ओली पुरानो गठबन्धन भत्काएर माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री पदमा यथावत राख्दै नयाँ समीकरण बनाउने चखलेल शुरु गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । कांग्रेसले समाजवादीका अध्यक्ष नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर प्रधानमन्त्रीको प्रस्ताव गरेपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गठबन्धन जोगाउन मुश्किल पर्ने अवस्था देखियो । त्यसपछि ओली र दाहालले पनि समाजवादीका अध्यक्ष नेपालसँग विभिन्न चरण छलफल गर्दै विगतमा भएका कमीकमजोरी सच्याएर नयाँ ढंगबाट अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो । विभिन्न चरणको छलफलमा ओली र दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री, संघीय सरकारमा कम्तीमा ४ मन्त्रालय र एउटा मुख्यमन्त्रीसहित सबै प्रदेशमा सम्मानजनक हिसाबले मन्त्रालय दिने प्रतिवद्धता जनाउनु भएको थियो । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष दाहालले आफ्नै निवासमा आएर विभिन्न पटक यस्तो प्रतिवद्धता जाहेर गरेपछि बल्ल एकीकृत समाजवादी अहिलेको गठबन्धनमा सामेल भएको हो ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि भने एकीकृत समाजवादीले आफ्नो दललाई उपेक्षा गर्न थालेको र विगतमा गरिएका सहमति तथा प्रतिवद्धता कार्यान्वयनमा इमान्दारिता नदेखिएको महशुस गर्न थालेको छ । अध्यक्ष नेपालले केही दिनअघिको सचिवालय बैठकमा यस्तो धारणा व्यक्त गर्नुभएको एकीकृत समाजवादी नेताहरुको भनाई छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालले संघीय सरकारमा मन्त्रालय बाँडफाँडदेखि राष्ट्रियसभा निर्वाचनसम्म आइपुग्दा एकीकृत समाजवादीलाई भने उपेक्षा गरेको देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि ओली र दाहाल प्रदेश सरकार फेरफेरमा केन्द्रित हुनुभएको छ । एमाले अध्यक्ष ओली र दाहालले आफूहरुसँग सल्लाहर्नै नगरी विगतमा जस्तै मनोमानी तवरले दुई दलबीच मुख्यमन्त्री बााड्न थालेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल त्यसप्रति असन्तुष्ट बन्नुभएको छ । नयाँ समीकरण अनुसार प्रदेश सरकार गठनमा एमाले र माओवादीले आफूहरुलाई उपेक्षा गर्नथापलेपछि एकीकृत समाजवादीले पनि त्यसमा सुदूरपश्चिमबाट दह्रो झड्का दिएको छ । एमाले र माओवादीले आफूहरुलाई उपेक्षा गरे एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री समर्थन दिने योजना बनायो । सुदूरपश्चिम प्रदेशमा ४ सांसद रहेको समाजवादी त्यहाँको सरकार टिकाउन तथा ढाल्न निर्णायक भूमिकामा रहेको छ ।
लक्ष्मणकिशोरले समाजवादीको समेत समर्थन रहेको जनाउँदै प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेपछि त्यस सत्ता गबन्धनमा नयाँ तरङ्ग ल्यायो । त्यसपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली सशंकित हुँदै समाजवादीका अध्यक्ष नेपाललाई फोन गर्न थाल्नुभयो । तर अध्यक्ष नेपालले विगतमा गरिएका प्रतिवद्धता कार्यान्वउयन नभए समाजवादी गबन्धनबाट बाहिरिन बाध्य हुने बताएपछि ओली र दाहाललाई झ्न छट्पटी भयो । छट्पटीको बाबजुत प्रधानमन्त्री दाहालले मंगलबारु एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता तथा छफफल गर्नुभएको छ । मंगलबारको छलफलसँगै एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई राजी हुनुभएको छ ।
त्यस लगत्तै सुदूरपश्चिममा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ । एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई पत्र बुझाउँदै लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएको हो ।
केन्द्रमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु