
काठमाडौँ । मधेश प्रदेशसभामा जनमत पार्टीको नाराबाजीपछि बैठक स्थगित भएको छ ।
प्रदेशसभामा आज मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिने कार्यसूची छ । सभामुखले बैठक शुरु गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले प्रदेश सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राख्दै नाराबाजी शुरु भएको हो ।
गएको माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो । मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदा फागुन ६ गते त्यो घटनाको बारे छानविनको समिति गठन गर्ने प्रतिवद्धता जानउनुभएको थियो । त्यसपछि प्रदेश सरकारले घटना छानविन गर्ने निर्णय समेत गरेको थियो ।
जनमत पार्टीका सांसदहरुले त्यस विषय उठाएर प्रदेशसभा बैठक अवरोध गरेका हुन् । जनमत पार्टीका सांसदहरुले मुख्यमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदा समेत त्यो माग पूरा नभएको भन्दै बैठक अवरोध गरे । त्यसपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा