
काठमाडौँ । नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्ने भएको छ ।
नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्न लागेको हो । पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई प्रभावकारी बनाउन जेठ ९ र १० गते काठमाडौँमा संवाद गर्न लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
‘पर्वत, जनता र जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय संवाद’मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ एवं साझेदार संस्थाको सहभागिता रहनेछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परेको नकारात्मक असरका बारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ ।
गत वर्ष दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप(२८) ले पहिलो पटक पर्वतीय क्षेत्रको जलवायु सङ्कटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।
त्यो निर्णयअनुसार आगामी जुनमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसङ्घीय संरचना महासन्धी (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक तथा प्राविधिक परामर्श सहायक निकाय (एसबिएसटिए) को ६०औँ बैठकमा पर्वत र जलवायु विषयमा विज्ञ छलफल आयोजना गर्न निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा