
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल मन्दिर उद्घाटन गर्न हेलिकोप्टर चढेर गृह जिल्ला तनहुँ आइपुग्नुभएको छ ।
राष्ट्रपति तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि आउनुभएको हो ।
राष्ट्रपति पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने गौतमले बताउनुभयो ।
व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण शुरु भएको थियो । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो ।
हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । त्यो भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरु भएको थियो ।
जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री