
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिनुभएको छ ।
नववर्ष २०८१ का अवसरमा शनिबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले न्यायपालिकाबाट भएका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाएर यसलाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीका रूपमा स्थापना गर्न नयाँ वर्षमा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानन्यायाशधीले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको आपसी सद्भाव र सहिष्णुता कायम राख्दै सामाजिक ऐक्यवद्धता प्रवद्र्धन गर्न नयाँ वर्षको विशेष दिनले सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले आत्मसात् गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न विक्रम संवत् २०८१ मा विशेष योगदान पुग्न सकोस् भन्ने कामना गर्दछु ।”
“जनताको आस्था एवं विश्वासको धरोहरका रूपमा रहिरहन न्यायपालिकाले जनतालाई गुणस्तरीय न्याय प्रवाह गर्ने कार्यमा दत्तचित्त भएर लागिपरेको छ, ढिलो न्याय दिनु न्याय दिन इन्कार गर्नु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै न्यायमा सहज पहुँच, छिटोछरितो एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्यायको सुनिश्चतता हुनुपर्छ” शुभकामना सन्देशमा भनिएको छ ।
न्यायिक सुशासन, गुणस्तरीय सेवा प्रवाहलगायत न्यायपालिकाले अगाडि सारेका सुधारका कार्यक्रमहरूले नयाँ वर्षमा थप गति प्राप्त गर्दै जाने विश्वास सन्देशमा व्यक्त गरिएको छ ।
प्रधानन्यायाधीशले न्यायिक क्षेत्रमा क्रियाशील न्यायाधीश, कानुन व्यवसायी, न्यायपालिकामा कार्यरत कर्मचारी, सेवाग्राहीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री