
काठमाडौँ । गए राति करिब १ बजेको समयमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीमा हो-हल्ला गर्दै एक समूह आइपुगे । १५-२० जनाको समूहमा रहेका उनीहरू स्थानीय शेरबहादुर तामाङको घर पुगे ।
बन्दुकलगायत हतियारसहित आएको उक्त समूहले तामाङको घर नजिकै रहेको फूल फुल्दैगरेको बहुमूल्य बुद्धचित्तको रुख काटिदिए । बुद्धचित्तका रूखधनी शेरबहादुर तामाङ गए राति काठमाडौँमा हुनुहुन्थ्यो । घरमा उहाँकी श्रीमती र छोराछोरी मात्रै थिए। हो-हल्ला गर्दै आएको समूहले बारीको रूखमा आरा लगाएर काटेको उनीहरूले सुने, तर बाहिर निस्केर प्रतिकार गर्न डराए। उनीहरूलाई घर बाहिर निस्किए मारिदिने धम्की दिए ।
बुद्धचित्तको रूख ढालेर उनीहरू गएपछि परिवारले शेरबहादुरलाई फोन गरेर घटनाबारे जानकारी दिए। राति नै शेरबहादुरले प्रहरीलाई खवर गर्नुभयो । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेपनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । प्रहरी शेरबहादुरको घर पुग्दा आँगनमा चार वटा सकेट बम र घरनजिकैको बुद्धचित्तको रूख काटिएको अवस्थामा फेला परेको थियो।
बुद्धचित्तका धनी शेरबहादुरका अनुसार उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रुपैयाँमा बिक्री गरिएको थियो। उहाँले वार्षिक तीन करोड रुपैयाँ पाउने गरी सन्दीप त्रिपाठीसँग सम्झौता गर्नुभएको थियो ।
‘बुद्धचित्त हामीलाई बिक्री गर्नुस् भनेर माग्ने धेरै थिए, अझै धेरै पैसा दिन्छु पनि भनेका थिए। आफूले नपाएको भनेर रिसले रूख काटिदिएको हुन सक्छ,’ उहाँले भन्नभयो, ‘सम्झौता गरिसकेकोले मैले तोड्न पनि चाहिनँ, त्यो रिसमा रुख नै कोटेको हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।
‘त्यो गाउँमा लगाइएकामध्ये तीन चार वटा रूखको बुद्धचित्त महँगोमा बिक्री हुन्छ। तीमध्ये सबैभन्दा राम्रो फल्ने र बढी मूल्य आउने रूख शेरबहादुर तामाङको बारीको हो, त्यही रूख गए राति काटिदिएछन्,’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा