
काठमाडौँ । उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।
वैशाख १५ गते हुने उपचुनावको लागि सम्बन्धित क्षेत्रमा निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू गराइएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचारसंहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले आचारसंहिताको पालना गर्नुपर्नेछ ।
आचारसंहिताको दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।
राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोग तथा निर्वाचन खर्च गर्दा आचारसंहिताको मापदण्डबमोजिम गर्नुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा