
कर्णाली । कर्णालीको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । एमाले नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सत्ता गठबन्धन दल एमाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुको समर्थनसहितको हस्ताक्षर पत्र पेश भएपछि प्रदेश प्रमुखले कँडेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । माओवादी केन्द्रका उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यको नेता कँडेललाई समर्थन रहेको छ ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक एक प्रदेशसभा सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा