
काठमाडौँ । सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडानमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अडिक भएको छ ।
कांग्रेसले संसददेखि प्रमुख दलका शीर्ष नेताहरुको बैठकसम्म सहकारी अनियमितामा गृहमन्त्री लामिछानेमाथि .छानविनका गर्न संसदीय समिति बनाउनै पर्ने अडान लिएको हो ।
गृहमन्त्री लामिछानेमाथि छानविन माग गर्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ । कांग्रसले लामो समयदेखि संसद अवरुद्ध पारेपछि त्यसबारे निकास खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सभामुखसहित शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बैठकमा सभामुख देवराज घिमिरे, कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजादीका शीर्ष नेताहरू सहभागी हुनुभएको थियो ।
बैठकको शुरुमै सभामुखले सदनलाई नियमित रुपमा सञ्चालन गर्न अहिलेसम्म भएको पहलबारे जानकारी गराउनु भएको थियो । त्यसपछि कांग्रेस नेताहरुले संसदीय दलको निर्णयबारे जानकारी गराए । नेताहरू बालुवाटार जानुअघि बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय छानविन समिति बनाउनै पर्ने निश्कर्ष निकालेको थियो ।
बालुवाटार स्रोतका अनुसार मंगलबारको छलफलमा पनि कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानविनको लागि संसदीय समिति बनाउनु.पर्ने राख्यो तर सत्तारुढ दलका नेताहरू सहमत भएनन । कांग्रेसको अडानको कारण सहमति नजुट्दा संसदको अवरोध खुलाउनको लागि प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा