
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
गणतन्त्र खारेज गर्नुपर्नेसहित ४० बुँदे माग राखेर मंगलबार काठमाडौँमा प्रदर्शनमा उत्रिएका राप्रपाका नेता तथा कार्यकर्ताको जुलुश निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले त्यसलाई नियन्त्रण गर्ने क्रममा झडप भएको हो ।
प्रदर्शनकारीले निषेधित छेत्र तोडेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । भद्रकालीमा भएको झडपमा राप्रपाका १४ कार्यकर्ता घाइते भएका छन् । दुई जना पक्राउ परेका छन् । जुलुशमा प्रहरीमाथि ढुंगामुढा गर्ने २ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिनुभएको छ ।
मंगलबारको प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नुभएको थियो । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा