
चितवन । चितवनमा द्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने भएको छ ।
उद्योग सङ्घ चितवनको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको सहआयोजनामा वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८० गर्न लागिएको हो । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि मेला गर्न लागिएको आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा एक सय ५० कक्ष रहने उद्योग सङ्घका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ‘स्टार्ट अप’ सेमिनार र नेपालको वर्तमान औद्योगिक नीतिसम्बन्धी छलफलसमेत हुनेछ । प्रदर्शनी अवधिमा शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप खरिद गर्न सकिने महासङ्घका अध्यक्ष टेकलाल भुसालले जानकारी दिनुभयो ।
कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ ।
अर्थतन्त्रमा परेका प्रभावका कारण उद्योग व्यापार सुस्ताएको समयमा गर्न लागिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा आयोजकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय