
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) आज भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “के कारणले आगलागि भयो ?, आगलागीबाट के कति क्षति भयो ? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने छ ।”
हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो । आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आज घटनास्थलमा पुग्नु भई आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जानकारी लिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा