
काठमाडौँ । सर्वोच्च अदालतको आदेशविरुद्ध बोल्ने ५ जना सांसदलाईे मुद्दा लागेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद् विकास कोष) को विषयलाई लिएर अदालतको आदेशविरुद्ध बोल्ने विभिन्न दलका ५ जना सांसदविरुद्ध सर्वोच्चमा मुद्दा परेको हो ।
अदालतको आदेशविरुद्ध बोल्दा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सांसद श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, सांसद सूर्य थापा र एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाविरुद्ध अपहेलना मुद्दा परेको हो ।
उहाँहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद् विकास कोष) रोक्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको आदेशको संसदमै अभिव्यक्ति दिनुभएको थियो । उहाँहरु अदालतको आदेशविरुद्ध वक्तव्य दिएको भनी निवेदन दर्ता भएको छ ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि लिखित जवाफ पेश गर्न आदेश जारी भएको छ । मुद्दा सुनुवाइका लागि २०८१ वैशाख ५ गतेलाई पेशी तोकिएको छ ।
गएको भदौ ६ गते प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश दिएको थियो । सांसदहरुले अदालतको त्यो आदेशविरुद्ध अभिव्यक्ति दिनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा