
मोरङ । सत्ता गठबन्धन हेरफेरका निर्णयक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।
एमाले र माओवादी केन्द्रले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको चार छुट्टाछुट्टै पत्र सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई संयुक्त रुपमा बुझाएका छन् ।
प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित पत्र बुझाउनुभएको हो ।
प्रदेश प्रमुख खापुङलाई उहाँहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार पत्र बुझाउनुभयो ।
प्रदेश प्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानुन सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आह्वान गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा