बाँके । जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ ।
तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना गरिएको सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा कामविहीन भएको हो ।
अहिले त्यस कार्यालयले पर्यटन प्रवद्र्धनका केही कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको सूचना केन्द्रका सूचना अधिकारी कान्ता भण्डारीले जानकारी दिनुभयो । उहाँले कोरोनाकालपछि पर्यटक भारतबाट नेपाल र नेपालबाट भारत जान बन्द भएको बताउनुभयो । ‘कहिलेकाहीँ झुक्किएर आउनुभएको छ, तर उहाँहरुलाई हामीले सबै विषय जानकारी दिएर काठमाडौँ समेत पठाएका छौँ’ उहाँले भन्नुभयो ।
भण्डारीले केही दिनअघिमात्रै जर्मनका पर्यटक आएर फर्केको जानकारी दिँदै सूचना केन्द्र सञ्चालनमा नआउँदा पर्यटक अलमल परेपछि उनीहरुलाई सहजीकरण गर्ने काम गरिएको बताउनुभयो ।
पर्यटन विकास परिषद् रुपन्देहीका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन सूचना केन्द्र अब छिट्टै सञ्चालनको तयारीमा रहेको उल्लेख गर्दै पर्यटनसम्बन्धी डिजिटल र होडिङबोर्ड राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘केही समयपछि त्यसलाई मर्मतसम्भार गरेर नयाँ स्वरुपमा वैशाखको दोस्रो साताबाट नै सञ्चालनमा आउँछ’ उहाँले भन्नुभयो । अहिले दैनिक ज्यालादारीमा रहेका दुई कर्मचारीबाट मात्रै कार्यालय सञ्चालन भइरहेको छ । पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद्अन्तर्गत पर्छ ।
नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउँदा बाँकेको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दबाब आवश्यक भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने
- अमलेखगञ्ज–लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
- ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
- प्रदेशसभा बैठकः विशेषाधिकार समिति गठन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
- मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते