
काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आज सार्वजनिक गरिएको हो ।
आयोगले वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख ८६ हजार दुई सय २६ महिला, ९२ लाख दुई हजार पाँच सय ६९ पुरुष, अन्य एक सय ८८ गरी कूल एक करोड ८० लाख ८८ हजार नौ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी मोरङमा तीन लाख ६२ हजार नौ सय ७३ पुरुष र तीन लाख ७६ हजार चार सय ११ र अन्य ६ गरी जम्मा सात लाख ३९ हजार तीन सय ९० मतदाता तथा सबैभन्दा कम मनाङमा तीन हजार पाँच सय ३० महिला र तीन हजार तीन सय १९ गरी जम्मा ६ हजार आठ सय ४९ मतदाता रहेका छन् । गत वैशाख १० गते भएको निर्वाचनभन्दा यस पटक ८७ हजार चार सय १७ मतदाता थप भएका छन् ।
आशन्न उपननिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा क्रमशः चार सय २२ मतदाता थप भई एक लाख १५ हजार आठ सय ८९ मतदाता तथा बझाङ जिल्ला क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन ‘क’ मा ६ सय ३८ मतदाता थप भई ६१ हजार सात सय ४८ मतदाता कायम भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै