
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो । नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय यही चैत २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ ।
यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गर्नुभएको थियो । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गत फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा