
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गर्नुभएको छ । मुख्यमन्त्री शर्माले प्रदेशसभाको आजको बैठकमा सम्बोधन गर्दै त्यसबारे जानकारी गराउनुभएको हो ।
केन्द्रको सत्ता समीकरण परिवर्तन भएसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मुख्यमन्त्री रहनुभएका शर्माले राजीनाको घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताउनुभयो । उहाँले सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको समेत अनुभव सुनाउनुभयो ।
‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो’ उहाँले भन्नुभयो– ‘राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।’
उहाँले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले कार्यकालभरी धेरै काम गरेको उल्लेख गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताउनुभयो ।
डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उहाँले बताउनुभयो । ‘कर्णालीका २३ स्थानीय तहलाई नमूना बनाउनेतर्फ पनि काम भएका छन्’ उहाँले भन्नुभयो– ‘योजना छनोटलाई बस्तुगत तथा प्रभावकारी बनाइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा