
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ ।
मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरुलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिनुभएको छ ।
बाहना वैदेशिक रोजगारीको भए पनि उनीहरुलाई तेस्रो मुलुक लगेर बेचबिखन गर्न लागिएको पत्ता लागेपछि उद्धार गरिएको उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा आकर्षक तलब पाउने लोभ देखाएर उनीहरुलाई विदेशमा बेचबिखन गर्न लागिएको पाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलगन रहेको आरोपमा प्रहरीले दुई जनामाथि अनुसन्धान गरिरहेको छ । ती समूहले यसअघि पनि केही महिलालाई विदेश पठाउने बाहनामा बिक्री गरेको पाइएपछि उनीहरुलाई उद्धार गरिएको हो । महिला बेचबिखनमा संलग्नमध्येका गणेशबहादुर कटुवाललाई चैत २ गते काठमाडौँको टोखा नगरपालिका– ५ बाट ब्यूरोले पक्राउ गरेकोे थियो ।
उनीसँग सोधपुछ तथा अनुसन्धानका क्रममा सोही घटनामा संलग्न रहेको पाइएपछि फरार भएका आरोपीमध्ये ५८ वर्षका लक्ष्मीप्रसाद निला सिटौलालाई मङ्गलबार चैत २० गते काठमाडौँबाटै पक्राउ गरिएको हो । उनीहरुसँगको बयानका तथा थप अनुसन्धान गर्दै जाँदा त्यसरी विदेश पठाउने लोभ देखाएर थप ५ महिलालाई पनि बेचबिखनमा संलग्न गराउनका लागि होटलमा राखेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गौशालाको होटलमा पुगेको थियो ।
‘सिटौलालाई पक्राउ गर्ने क्रममा उनले भ्रमण भिसामा दुबई हुँदै खाडी मुलुकमा घरेलु कामदारको रुपमा आकर्षक तलब सुविधाको काममा लगाइदिने प्रलोभन देखाइ थप पाँच जना महिलालाई लैजाने तयारी गरेको पाइएपछि तत्कालै होटलबाट उनीहरुलाई उद्धार गरिएको हो’ प्रहरी उपरीक्षक फुँयालले भन्नुभयो । उद्धार गरिएकाहरुसँग आज थप जानकारी लिने तथा घटनाको थप अनुसन्धानका काम जारी रहेको ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल