
काठमाडौँ । सत्याल द अनलाइन लर्निङ प्लेटफर्मले आफ्नो नयाँ सेवा ‘सत्याल लर्निङ’ सार्वजनिक गरेको छ ।
तत्कालीन प्रकाशक अजयकुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेसनले सञ्चालनमा ल्याएको सत्याल लर्निङले नयाँ युगको डिजिटल शिक्षातर्फ आफूले विकास गरेको अनलाइन लर्निङ प्लेटफर्म सार्वजनिक गरेको हो ।
विसं २०७९ मा परीक्षणका लागि सार्वजनिक गरिएको वेबसाइट अपडेट गरी पुनःसार्वजनिक गरिएको प्रकाशनले जनाएको छ । विसं २०४१ मा सत्याल बुक्स सेन्टरका रूपमा स्थापित सत्याल प्रकाशनले शिक्षा क्षेत्रमा पहिलो निजी संस्थाका रूपमा शिक्षक तालिम परियोजना समेत चलाएको छ ।
प्लेटफर्मका अध्यक्ष तथा कार्यकारी अधिकृत आर्यन सत्यालले ‘सत्याल लर्निङ’ प्रविधिका माध्यमबाट शिक्षालाई अगाडि बढाउने आफूहरूको प्रतिबद्घताको प्रमाण भएको बताउनुभयो । तत्कालीन प्रकाशक अजयकुमारका सुपुत्र आर्यनका अनुसार उहाँका पिताले विराटगरबाट शिक्षा क्षेत्रमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो ।
उहाँले विद्यार्थीलाई उनीहरूको स्थान वा पृष्ठभूमि जस्तोसुकै भए पनि डिजिटल माध्यमबाट उच्च गुणस्तरको शैक्षिक स्रोत र समर्थनमा पहुँच प्रदान गर्ने प्रकाशनको लक्ष्य भएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा