
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिने भएको छ ।
प्रतिनिधिसभामा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम शुरु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरुको जवाफ दिने तयारी गरिरहदा नेपाली कांग्रेसले भने उहाँको जवाफ नसुन्ने भएको छ ।
सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छैन ।
मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकमा समेत यसबारे छलफल भएको थियो । समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने भन्दै कांग्रेसका एक नेताले भन्नुभयो, ‘हाम्रो मुद्दा सम्बोधन नभई गृहमन्त्रीले जवाफ दिने कार्यसूची आयो भने संसद अवरुद्ध हुन्छ ।’
मंगलबार संसद बैठकपछि गृहमन्त्री लामिछानेले आफूले जवाफ दिन पाउनुपर्ने बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल