
काठमाडौँ । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक करिब २९ प्रतिशतले बढेका छन् ।
विदेशी पर्यटक गत वर्षको तुलनामा २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटक बोर्डले जनाएको छ । पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७ सय ४१ ले वृद्धि भएको छ ।
गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको यही अवधिमा एक लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट यस अवधिमा ३० हजार ६ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ ।
बोर्डका अनुसार यस अवधिमा अमेरिकाबाट १० हजार ७ सय ७३ र बेलायतबाट ७ हजार २ सय ४१ जना, श्रीलङ्काबाट ५ हजार ७ सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५, थाइल्याण्डबाट ४ हजार ३ सय ४५, फ्रान्सबाट ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार १ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
क्षेत्रीय हिसाबले हेर्दा एशिया (सार्क)बाट ४० हजार ७ सय २७, एशिया (अन्य)बाट २८ हजार ६ सय ४८, यूरोपबाट २७ हजार ५ सय ८२, ओसनियाबाट ४ हजार ७ सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६ सय १४ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्षको जनवरीमा ७९ हजार १ सय र फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को पहिलो ३ महिनामा २ लाख २७ हजार ७ सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो ३ महिनामा ३ लाख ४ हजार ६ सय ९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा