
काठमाडौँ । पेट्रोलको भाउ लिटरमा ४ रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ बढाएको हो । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ७५ पुगेको छ ।
निगमले पेट्रोलको मूल्य भारतबाट प्रतिलिटर ४ रुपैयाँ ७६ पैसाले बढेर आएकाले नेपालमा पनि भाउ वृद्धि गरिएको जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर रुपैयाँ १ सय ७२ रुपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर १ सय ७४ रुपैयाँ तथा तेस्रो वर्ग अन्तरगत काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ ।
निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको आइतबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा