
पोखरा । अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र त्यही ठाउँका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी निमित्त प्रवक्ता सूर्य रानाले जानकारी दिनुभएको छ । प्रहरी निमित्त प्रवक्ता रानाका अनुसार घाइते मध्ये .५ जनाको मणिपालमा र ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा