
सिरहा । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको विकासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।
जिम्मेवार र मर्यादित पत्रकारिता अभिवृद्धिका लागि सिरहाको बरियारपट्टीमा आयोजित आधारभूत पत्रकारिता तालिम आइतबार उद्घाटन गर्दै उहाँले पत्रकारिताबिना लोकतन्त्र अगाडि बढ्न नसक्ने बताउनुभयो ।
अध्यक्ष झाले बदलिँदो समयअनुसार पत्रकारिता पनि मर्यादित र जिम्मेवारपूर्ण हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि पत्रकारले आचारसंहिताको पालनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘पत्रकारिता समाज परिवर्तनको बाहक र लोकतन्त्र मजबुत बनाउने माध्यम भएकाले यसको विकासमा सबैको पहलकदमी जरुरी छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले पत्रकारिता क्षेत्रको विकासका लागि आफू सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ममता यादव, वरिष्ठ पत्रकार तथा सिरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादव लगायतको उपस्थिति थियो ।
तालिमका सहभागीलाई पत्रकार भरत जर्घामगर, वीरेन्द्र शर्मा, मोहन भण्डारी लगायतले प्रशिक्षण दिनुहुनेछ । सिरहा विकास मञ्च र नेपाल प्रेस इन्टिच्यूट बरियारपट्टीको संयुक्त आयोजनमा आयोजित तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह