
काठमाडौँ । पोखरा शहर अब औपचारिक रुपमा पर्यटकीय राजधानी भएको छ । पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आयोजित कार्यक्रममा पोखरालाई ‘पर्यटकीय राजधानी’ गर्नुभएको हो । प्रधानमन्त्रीले कार्यक्रममा पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको बताउनुभयो । ‘पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो ।’ पोखरालाई मुलुकै पर्यटनको लागि राजाधानी घोषणा गर्न पाउँदा मलाई अत्यन्त्रै खुशी लागेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गर्न पाउँदा गौरवभान्वित महशुस भएको बताउनुभयो ।
उहाँले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो। पोखरालाई पर्यटन राजधानी घोषणा गर्न विज्ञसहित अध्ययन समिति बनाइएको थियो । ‘ सम्पूर्ण निकायहरुको संस्थागत निर्णय र सिफारिसको आधारमा घोषणा गरिएको हो ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा