
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायू निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु गरिएको छ ।
टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आजदेखि मेयर दीर्घायू निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको हो । अभियान टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा शुरु गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वस्थ्य बनाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘विगतका दिनमा नगरपालिकाले शुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायू कार्यक्रमलाई निरन्तरता दिएका हौँ’ उहाँले भन्नुभयो ।
टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको बताउनुभयो । पालिकाले कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गरिसकेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलाललेअभियानका लागि टोखाले चालू आवमा ६५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ । टोखाले अभियानलाई चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आजदेखि शुरुवात गरिएको उहाँको भनाइ छ ।
अभियानलाई आगामी दिनमा टोखा–११ को सहरी स्वास्थ्य केन्द्रबाट पनि शुरु गरिने गरपालिकाले जनाएको छ । अभियानअन्तर्गत ज्येष्ठ नागरिकको ‘होलवडी’ चेकजाँच गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा