
काठमाडौँ । कुवेतमा कारले ठक्कर दिँदा ३ जना नेपालीले जीवन गुमाएका छन् । कारकोे ठक्करबाट सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरले जीवन गुमाएका हुन् ।
कुवेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरुलाई महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजे कारले ठक्कर दिएको नेपाली राजदूतावासले जनाएको छ । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शव नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीले बस चढ्न आउने क्रममा उनीहरुलाई कारले ठक्कर दिएको जानकारी गराउनुभएको छ ।
महासंघ अध्यक्ष ठकुरी अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग