
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सृजना उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको छ । फुङलिङ नगरपालिका र कञ्चनजङ्घा साहित्य प्रतिष्ठानको सहयोगमा ‘नेपाली साहित्य डट कम’ प्रतिष्ठानले आज साहित्य परिसंवाद कार्यक्रम गरिएको हो ।
काठमाडौँ लगायत १९ र स्थानीय साहित्यकारको सहभागितामा ‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित शनिबार कला साहित्य यात्रा–२०८० अन्तर्गत यस वर्षको कार्यक्रमको आयोजना गरिएको कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कारद्वारा विमल वैद्य _इलाम_ र ग्रेगरी कला संस्कृति पुरस्कारद्वारा भरतकुमार गुरुङ (ताप्लेजुङ)लाई पुरस्कृत गरिएको छ । ताप्लेजुङसहित विभिन्न जिल्लाबाट उपस्थित साहित्य सर्जकले आ–आफ्ना सृजना वाचन गरेका थिए । प्रतिष्ठानकै आयोजनामा आजै साहित्य परिसंवाद कार्यक्रम गरिएको आयोजक नेपाली साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष कवि निबन्धकार मोमिला जोशीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय