
काठमाडौँ । साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक आइतबार २२ दशमलव १० अंकले बढेर २ हजार ५२ दशमलव ६५ को बिन्दुमा अडिएको छ । आज ३ सय ४ कम्पनीका ७० लाख ४३ हजार ४ सय ५७ कित्ता शेयर, ५६ हजार ७ सय २६ पटक खरिदबिक्री हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४ दशमलव २१ र जीवन बीमा समूहको उपसूचक १ दशमलव ८४ प्रतिशतले बढेको छ । बैकिङ समूह शून्य दशमलव ७४, विकास बैंक १ दशमलव ०८, वित्त समूह १ दशमलव ४०, होटल तथा पर्यटन १ दशमलव १२ र लगानी समूह १ दशमलव २६ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१, म्युचुअल फण्ड १ दशमलव ०१, निर्जीवन बीमा १ दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ६ दशमलव ९५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ बराबरको ४ लाख ३० हजार १ सय ३१ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग