
काठमाडौँ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५ दशमलव ०१ प्रतिशत रहेको छ । सरकारले चालु आवका लागि मुद्रास्फीति ६ दशमलन ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
सात महिना अवधिमा आयात २ दशमलव ३, निर्यात ७ दशमलव १ र कुल वस्तु व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेको छ । यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव ६ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव १ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ ।
कूल विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । सात महिना अवधिको सरकारको खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ र राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय सात प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३ दशमलव ७ प्रतिशतले बढेको छ ।
फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग