
गण्डकी। फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ ।
यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आज दिउँसो १ बजे, आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक मञ्चन भएको नाटक करिब तीन हजार दर्शकले हेरिसकेका छन् । पब्लिक शोमार्फत नाटक हेर्न रू दुई सय शुल्क निर्धारण गरिएको छ ।
हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गर्नुभएको छ । कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा समावेश भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षाभन्दा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ ।
नाटकमा रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुशन पौडेल र रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको निर्देशन पोखरा थिएटरको अध्यक्षसमेत रहनुभएका परिवर्तले गर्नुभएको छ ।
पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आकर्षण बढेको भन्दै थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा सञ्चालन भइरहेको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग