
काठमाडौँ । सत्ता गठबन्धन परिवर्तनको प्रभाव पुँजीबजारमा पनि देखिएको छ। तीब्र उतारचढावबीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ ।
साताको पहिलो दिन आइतबारको कारोबारपछि १ हजार ९ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार २ हजार ३० दशमलव ५६ को बिन्दुमा पुगेको छ ।
सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक १ सय १७ दशमलव ७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो । त्यस दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अंकले कमी देखियो ।
मंगलबार परिसूचक ७० दशमलव ३१ अंकले घटेर २ हजार ७ दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार ९ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ .अंकले बढेको थियो ।
यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजाररुपैयाँ बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने. ३७ करोड ३७ लाख ५१ हजार बराबरको ९ लाख २० हजार ३ सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो ।
मंगलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ रुपैयाँ बराबरको एक करोड चार लाख दुई हजार ९ सय ४० कित्ता शेयर कारोबार भएको छ । बुधबार ३ अर्ब ४२ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग