
तनहुँ । दमौलीमा पहिलो पटक महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला शुरु भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लास्थित महिला उद्यमी सङ्घ नेपालले आजदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला आयोजना गरेको हो ।
महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला गर्न लागिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बजारीकरणमा मेलाले सहयोग पु¥याउने उहाँको भनाई छ।
अध्यक्ष मल्लले भन्नुभयो– ‘परम्परागत सीप र पेशालाई प्रवर्द्धन गर्न र स्थानीयस्तरमा उत्पादन भएका विभिन्न वस्तु बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौँ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।’ उहाँका अनुसार मेलामा ५० स्टल रहने छन् ।
मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहनेछन् । बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीय स्तरमै उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइने मेला आयोजकको भनाइ छ ।
तीन दिनसम्म सञ्चालन हुने मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ खर्च हुनेछ ।
लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने सङ्घ दुलेगौडा इकाइ अध्यक्ष तुलसी शाहले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग गर्नेछ ।’
व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले विभिन्न वडामा महिला उद्यमी तयार पारेको भन्दै तिनै उद्यमीलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो ।
मेलामा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारको प्रस्तुति, महिलाको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम, वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम गरिने सङ्घकी सचिव सरु श्रेष्ठले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी