
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालयमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।
आइतबार बसेको बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी लगायत सहभागी हुनुहुन्थ्यो ।
बैठकले जेठ १५ गते प्रारम्भ हुने उपत्यका केन्द्रीत जनआन्दोलनमा सबै पार्टी, संस्था, अभियानका सबै संरचनाहरु परिचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै जेठ ८ गते काठमाडौँको साँखुबाट जनआन्दोलन प्रारम्भ हुनुअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
जेठ ११ गतेसम्म सञ्चालन हुने प्रचारात्मक कार्यक्रम सबै नगरपालिकामा सयौं सभाहरु गर्दै भक्तपुरको चाँगुनारायणमा समापन हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनुभयो ।
जनआन्दोलनमा आम उपत्यकाबासीको सक्रिय सहभागीताका लागि घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।
आज बिहानमात्रै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक समेत बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा