
काठमाडौँ । आफु गृहमन्त्री रमेश लेखकको साथी हुँ भन्दै सरकारी कर्मचारीहरुलाई धम्काउने एक व्यक्ति पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको बनेपा-३ घर भएका ५० वर्षिय राजकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो।
उनले आफु गृहमन्त्रीको साथी हुँदै भन्दै साझा स्वास्थ्य सेवा, चाबहिलका कर्मचारीलाई फोन गर्दै आफु अनुकुल काम गर्न धम्काउदै आएका थिए । कर्मचारीकै उजुरीका आधारमा उनलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको एसपी काजी कुमार आचार्यले बताए । उनी ब्रेन वे कम्पनीका कर्मचारी भएको खुलेको छ। उनको गृहमन्त्री लेखकसँग कुनै सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।
अन्य केही कर्मचारीलाई पनि उनले आफु आफु भुमी व्यवस्था मन्त्रीको पिए हुँ भनेर धम्काएको अनुसन्धानमा खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा