
काठमाडौँ । प्रतिपक्षी दल एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न विषयमा मागपत्र बुझाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीलाई मुलुकको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा सुधारका लागि गर्नुपर्ने कामबारे मागपत्र बुझाउनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ओलीलाई एकीकृत समाजवादीले बुझाएको मागपत्रमा मुलुक बेरोजगारी र कुशासनबाट मुक्त हुन नसकेको उल्लेख गर्दै व्यवस्थामा सुधार गर्नुपर्ने माग गरिएको छ ।
"हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भैसकेको छ," मागपत्रमा उल्लेख छ,-"त्यसबाट आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भैरहेको छ । समयको यही मागलाई दृष्टिगत गरेर हाम्रो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी नाराका साथ मुलुकका सामु प्रस्तावका अगाडि सारेको छ," मागपत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा