
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ ।यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।
विष्टले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।
यसअघि सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले आज बिहान आफैंले हस्ताक्षर गरेको एउटा पत्र बोकेर प्रहरी परिसमा पुगे । उक्त पत्रमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्कालै पक्राउ गरेर कारागारमा राख्न आदेश गरिएको थियो ।
आज नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो, जसका लागि चौधरी कार्यक्रमस्थल प्रज्ञाभवनमा पुगिसकेका थिए । उनलाई पक्राउको कुनै शुभशंकै थिएन । उनी पार्टीका नेता कार्यकर्तासँग गफिइरहेका बेला सादा पोशाकका प्रहरीहरू आएर एउटा पत्र देखाए अनि त्यहाँबाट लिएर गए ।
पत्रको अधिकारकिताका बिषयमा छानविन गर्दा मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले सनकमा भरमा पत्र लेखेको पाइएपछि विष्टलाई पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा