
काठमाडौँ । जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘रेशमजीलाई प्रहरीले पक्राउ गरेकाले हाल स्थगित गरेका छौँ । यो घटनाको हामी भर्त्सना गर्दैछौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’
दुई पार्टीबीच बुधबार एकता घोषणा गर्ने तयारी थियो । यसका लागि देशभरबाट नेता कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए । चौधरी पक्राउ परेपछि नेता तथा कार्यकर्ताले प्रज्ञा परिसरमा केहीबेर नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा