
डोटी । डोटीमा इभी माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ईभी माइक्रो दुर्घटना भएको हो ।
सु.प. प्र ०२००१ ज ०५६७ नम्बरको इभी हाइस गए राति साढे ११ बजेको समयमा आफै अनियन्त्रित भई सडक बाट करिब ५० मिटर तल खस्दा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते हुनेमा जिल्ला बैतडी डिलासैनी गाउँपालिका ४ का ४५ वर्षीय हर्क नेगी सोही ठाउँका २७ वर्षीय धीरेन्द्र नेगि , ४४ वर्षका जगदीश जोशी , ५३ वर्षका राम बहादुर नेगी, ६५ वर्षीय धना नेगि, २८ वर्षीय वीर बहादुर नेगी, र चालक २४ वर्षीय अशोक बम घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते मध्ये ६५ वर्षीय धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको र थप अनुसन्धान भइरहेको छ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा