+

कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे नेपाली कांग्रेस सरकारबाट बाहिर निस्कनुपर्ने बताउनुभएको छ ।


बिहीबार काठमाडाौमा आयोजित आजको लोकतन्त्रः अवसर र चूनौति विषयक कार्यक्रममा बोल्दै थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताउनुभएको हो । 

कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उहाँको भनाइ छ । थापाले कांग्रेसले समस्याको कुरा गरेर मात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने जिकिर गर्नुभयो । उहाँले पूर्वराष्ट्रपति फर्केर दलमा आउने कुराहरू चलिरहँदा कांग्रेसले भने पूर्वराष्ट्रपतिलाई दलमा फर्काउन नहुने धारणा राख्नुभयो । 

पूर्वराष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा पुगेकाहरूले संस्थाको गरिमा राख्नुपर्ने उहाँको भनाइ छ । थापाले गणतन्त्रका विषयमा भाग्ने वा उत्तेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले नेपालको राजसंस्था संवैधानिक हुन नसक्ने भन्दै इतिहास भइसकेको राजसंस्थाका अनावश्यक विषयमा बहस गर्न जरुरी नरहेको धारणा राख्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै