
काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकको खातामा सरकारी आठौँ तह सरह निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।
आन्दोलनरत निजी मेडिकलका आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच बिहीबार भएको छलफलमा नेपाल चिकित्सक सङ्घका अध्ययक्ष डा.अनिल कार्कीले आवासीय चिकित्सकको खातामा सरकारी सरह निर्वाह भत्ता नआउँदासम्म आन्दोलन नरोकिने जानकारी दिनुभयो ।
आयोगको १६ औँ बैठक निर्देशन अनुसार सरकारी आठौँ तह बराबरको भत्ता कार्यान्वयन गर्न माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनरत छन् ।
उहाँहरुको समर्थनमा सङ्घले बिहीबार स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने घोषण गरेको थियो ।
आन्दोलनकारीलाई माइतीघरबाट अगाडि बढ्न नदिएपछि सङ्घका प्रतिनिधि, आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच छलफल भएको थियो ।
सोही क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयोगको १६ औँ बैठकको निर्देशन निजी सञ्चालकले कार्यान्वयन गराउनै पर्ने बताउनुभएको थियो । १६ औँ बैठकको निर्देशन कार्यान्वयन नगरेसम्म तालुकदार मन्त्रालय भएका नाताले निजी मेडिकलको काम अगाडि नबढ्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन दिनभित्र शिक्षकहरुलाई काममा फर्किने वातावरण बनाउनु
- कांग्रेस सरकारबाट बाहिरिन सक्छ : गगन थापा
- युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
- भारतलाई पाकिस्तानको कडा प्रत्युत्तर
- आवासीय चिकित्सकले भने - आन्दोलन रोकिदैन
- शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना