
डोटी। डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको जोरायाल गाउँपालिका – १ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामग्री बोकेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको मिनीट्रक दुघर्टना भएको हो ।
दुर्घटनामा ट्रक चालक बुङ्गल नगरपालिका – २ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो । ट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको र मृतकको पहिचान खुल्ल नसकेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै