
काठमाडौँ । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ । शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि त ठप्प नै छन् अझ बढी असर भने भर्ना कार्यक्रमलाई परेको छ ।
भर्ना अभियानको समयमा विद्यालयका शिक्षक प्रदर्शनमा सहभागी हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पार्ने चिन्ता एकातिर बढेको छ भने अर्कोतिर कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित भएको छ ।
भर्ना अभियान प्रभावित भएसँगै यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्नसक्ने अनुमान पनि गर्न थालिएको छ ।
पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षित भएका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराश बनाएको छ।
निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्योलमा परेका छन् ।
अभिभावकलाई पनि आफ्ना बालबच्चा कहाँ लगेर भर्ना गर्ने भन्ने पीरलोले सताएको छ । विद्यालय सञ्चालन नहुदा विद्यार्थी घरमा खेल खेल्ने, मोबाइल, टिभीमा व्यस्त हुन थालेका छन् ।
यता, राष्ट्रिय परीक्षा बोर्डले फेरि एकपटक शिक्षकहरुलाई आफ्नो अधिकारको खोजी गर्दा बिद्यार्थीको अधिकारलाई हनन् नगर्न अनुरोध गरेको छ । बोर्डले यही बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न तथा एसइईको उत्तरपुस्तिका परीक्षण गर्न आज पुनः अनुरोध गरेको हो ।
उता आन्दोलनरत नेपाल शिक्षक महासंघले भने आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।काठमाडौँमा भएको महासंघको पदाधिकारी बैठकले आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभएको छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै