
काठमाडौँ । मुलुकमा राजतन्त्र पुनस्थापना गर्ने उदेश्यले आन्दोलन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अब निषेधित क्षेत्रमै प्रदर्शन गर्ने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने बताउनुभएको छ ।
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बिहीबारको बैठकपछि अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । ‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौँ’ बैठकपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो ।
अध्यक्ष लिङ्देनले ७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढ्ने जानकारी गराउनुभएको छ । पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमसार्वजनिक गर्ने उहाँको भनाई छ ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे आन्दोलन सशक्त रुपमा चर्काउने चेतावनी समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा