
हुम्ला । हुम्लामा आज अत्यधिक वर्षा भएको छ । बिहीबार बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका ३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् ।
अदानचुली३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ बाख्रा बाढीपहिरोमा पुरिएर मरेका हुन् ।
भेडिगोठभित्र पहिरो पस्नुका साथै भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताउनुभयो । गोठभित्र रहेकामध्ये २९ बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।
एक्कासी आएको वर्षाले लाई ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको उल्लेख गर्नुभयो । आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा क्षति पुर्याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताउनुभयो । वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली(२ अमृत बुढा, अदानचुली(१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्याएको उहाँहरूले जानकारी दिनुभएको छ ।
यहाँका अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा